भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण हुँदै

काठमाडाैं | कात्तिक २४, २०८०

भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण हुँदै तस्बिर रासस

रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएकाका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदैछ ।

 

सरकारले भूकम्पमा परि ज्यान गुमाएकाका परिवारका लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यही रकम आजदेखि वितरण गरिने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले  जानकारी दिनुभयो । उहाँका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ ।

 

सानीभेरीमा भूकम्पमा परि १० जनाले ज्यान गुमाएका थिए । यस्तै, भोलि आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने छ । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकाका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ ।

 

भूकम्पमा  परेर पश्चिम रुकुममा ५२ जनाको ज्यान गएको थियो । यसैबीच, जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो ।

 

ज्यान गुमाएकाका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव भएको छ । भूकम्प गएको एक हप्ता बितिसक्दा समेत धेरैजसो पीडितले राहत पाउन सकेका छैनन् ।

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्